सृष्टि‌ खड्का अभिनित ‘अनौठो तृष्णा’- अमेजनमा रिलिज हुने दोश्रो नेपाली फिल्म

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२५ दिन अगाडि
सृष्टि‌ खड्का अभिनित ‘अनौठो तृष्णा’- अमेजनमा रिलिज हुने दोश्रो नेपाली फिल्म

काठमाडौं- छोटो समयमै म्युजिक भिडियोमा स्थापित मोडल हुन् सृष्टि खड्का । मोडलिङमा सक्रिय खड्काले दर्जनौँ भिडियोमा अभिनय गरेकी छिन् ।

पछिल्लो पटक खड्का अभिनित फिचर फिल्म ‘अनौठो तिर्सना’ ओटीटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । अमेजन प्राइम भिडियोमा रिलिज हुने यो दोश्रो नेपाली फिल्म हो ।यसमा खड्कासँगै मोडल विकाश लामिछाने र विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि अभिनेत्री प्रियंका चोपडाद्वारा निर्मित नेपाली भाषाको बलिउड फिल्म ‘पाहुनास्द लिटर भिजिटर्स’ नेटफ्लिक्समा रिलिज भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पुगेको यो फिल्मको निर्माण भने सिक्किममा भएको हो । स्टोर्मक्रो प्रोडक्सन र स्टोर्मक्रो फ्रेमवर्कको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्मको कथा बाबुराम निरौलले लेखेका हुन् । आउँदो अक्टोबर ८ तारिखमा अमेजन प्राइममा अमेरिका, बेलायत र जर्मनीको टेरिटोरीभित्र रिलिज हुने फिल्मलाई नेपालको हलमा समेत रिलिज गरिनेछ । फरकफरक परिवारको कथामा निर्माण गरिएको यो फिल्मको डेढ वर्षअघि छायांकन गरिएको हो । नेपालमै नेपाली भाषामा निर्माण भएको यो फिल्मका फरकफरक कथालाई अन्तिममा एकै ठाउँमा जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको हो ।

निराजन प्रधान निर्देशित यो फिल्ममा विजय बराल, विकाश लामिछाने, सृष्टि खड्का, नवीन न्यौपाने, महेश त्रिपाठी, एलिशा शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।यसअगाडि ‘वर एण्ड बधु’मा अभिनयमा चर्चा बटुलेकी सृष्टिले थुप्रै म्युजिक भिडियोमा सहकार्य गरेका मोडलद्वय विकाश लामिछाने र सृष्टि यो फिल्मलाई लिएर उत्साहित छन् । म्युजिक भिडियोका सफल जोडी फिल्ममार्फत पुनः एकसाथ काम गर्न पाउँदा निकै खुशी रहेको मोडलद्वय बताउँछन् । म्युजिक भिडियोबाट फिल्ममा समेत छलाङ मारेकी खड्काल बलिउडमा समेत अभिनय गरिसकेकी छिन् । उनको जुनकीरी चलचित्र चाँडै दर्शकले हेर्न पाउने छन् ।