लोकप्रिय गायक राज सागरको नयाँ सांगीतिक कोशेली 'गाजल नलगाउ' बजारमा (भिडीयोसहित )

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२४ दिन अगाडि
लोकप्रिय गायक राज सागरको नयाँ सांगीतिक कोशेली  'गाजल नलगाउ' बजारमा  (भिडीयोसहित )

  काठमाडौ - गायक राज सागरको स्वरमा सजिएको गीति कोसेली गाजल नलगाऊ सार्वजनिक गरिएको छ।

राज सागर अफिसियल च्यानलबाट सार्वजनिक भएको गीत 'गाजल नलगाऊ' कमल बाछिटेले लेखेको हुन। राज सागरकै सङ्गीतमा सार्वजनिक गीत माया, प्रेम, सौन्दर्य र सम्बन्धमा केन्द्रित छ। गीतको म्युजिक भिडियो निर्देशक नितिन चन्दले गरेका हुन्।

 भिडियोमा स्वयं गायक सङ्गीतकार राज सागर, मोडल विक्रम पोखरेल ऋषि, स्मारिका ढकाल र रोजन सुन्दासको अभिनय रहेको छ। गीतको सङ्गीत संयोजन सञ्जीव बराइलीले गरेका हुन भने, ध्वनि मुद्रण श्यामश्वेत रसाइलीले गरेका हुन।मोडल स्मारिका ढकाल नवोदित लोकप्रिय कलकार हुन्। 

गायनको माध्यमबाट सामाजिक सेवा गदै आएका कलाकार राज सागरले विभिन्न परोपकार कार्यमा योगदान गदै आएका छन्। मिर्गौला रोगबाट पीडित सुरेश बिक, क्यान्सर पीडित बालक विप्लव पौडेललाई उपचारमा सहयोग गरेका छन्।महाभूकम्पबाट भत्किएको चाँगुनारायण उच्च माध्यमिक विद्यालय को जीर्णोद्धारका लागि उनले आर्थिक सहयोग गरेका छन्।

पत्रकार कुमार अछामीको उपचारको लागी रु पाँच लाख प्रदान गरेका राज सागरले युद्ध पीडित युक्रेनी बालबालिकाको सहयोगार्थ रु एक लाख २१ हजार प्रदान गरेर आफ्नो परोपकारी योगदान गरिसकेका छन्।  यसैबिच हालै सार्वजनिक गीति उपहार 'गाजल नलगाऊ'को गीतमा केन्द्रित टिकटक प्रतिस्पर्धा गरेर पुरस्कृत गरिने भएको छ।

प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीलाई करिब ५० हजार बराबरको लेनोभो ब्रान्डको ल्यापटप पुरस्कार दिइने जनाइएको छ। गायक राज सागरले यस अघि नै करिब ३ सय गीतमा आफ्नो स्वर तथा सङ्गीत भरेका छन् ।