आजबाट हल-हलमा चलचित्र ‘खुस्मा’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२३ दिन अगाडि
आजबाट  हल-हलमा चलचित्र ‘खुस्मा’

काठमाडौं -  चलचित्र ‘खुस्मा’ आज बिहीबार बाट प्रदर्शनमा आएको छ ।

चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

अशोक थापा मगरको लेखन तथा निर्देशनमा तयार चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । याे चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाएको छ ।

 तात्कालीन माओवादी र सरकारबीच द्वन्द्वले आम नागरिक कसरी प्रभावित हुन पुगे भन्ने विषय चलचित्रको मुटु रहेको निर्देशक मगरको भनाई रहेको छ ।

भिडियो पनि हेर्नुहोस्