‘कल्ली’ मा भित्रिए तीन कलाकार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२२ दिन अगाडि
‘कल्ली’ मा भित्रिए तीन कलाकार

काठमाडौं- रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा तीन जना कलाकारहरु भित्रिएका छन् ।

कलाकारहरु अर्पण थापा, बुद्धि तामाङ तथा कमलमणि नेपाल यो फिल्ममा अनुवन्धित भएका छन् । फिल्ममा तीन कलाकारको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैतको २९ गतेबाट रिलिज हुनेछ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन प्रारम्भ हुनेछ ।