काठमाडौं– गायक बद्री पंगेनी तथा गायिका रचना रिमालको स्वर रहेको नयाँ लोक दोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक भएको छ ।
संगीतकर्मी कस्तुप पन्तको शब्द तथा संगीत रहेको यो रोमान्टिक शैलीको गीतका शब्द मिठासपुर्ण छन् । गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ । गीतमा माया–प्रेमबाटै अनन्त यात्रा हुनसक्ने चर्चा गरिएको छ ।
लोक तथा आधुनिक गीत–संगीतमा एउटा अलग्गै उचाइ बनाउन सफल संगीतकर्मी पन्तको यो गीतले पछिल्लो समय लोक–गीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन् । गीतको भिडियो पनि आकर्षक बनेको छ, जसमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ । प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक बिष्टको सम्पादन छ । कस्तुप पन्तको अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ । गायक बद्री पंगेनीले सार्वजनिक गीतलाई आफ्नै शैलीको भएकाले गाउन सहज भएको प्रतिक्रिया दिएका छन् । उनको भनाइ छ– ‘दर्शकले यो गीत सुनेर, हेरेर प्रतिक्रिया दिनु हुनेछ भन्ने विश्वास छ। यो गीतप्रति पनि श्रोता–दर्शकको आशीर्वाद मिल्छ भन्ने विश्वास छ ।’