काठमाडौं- अमेरिकाको न्यूयोर्कमा सम्पन्न सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डमा चलचित्र ‘बगान’ले ४ वटा अवार्ड जित्न सफल भएको छ । कलाकारिताको सम्मानार्थ आयोजना गरिएको उक्त अवार्डमा चलचित्रले ।
उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, डेब्यु कलाकार र ‘बेस्ट फिल्म अवार्ड डायस्पोरा’को अवार्ड जित्न सफल भएको हो ।
सुरेस वाग्लेको लगानी तथा सरोज खनालको निर्देशनरहेको ‘बगान’ चलचित्रबाट उत्कृष्ट अभिनेता जुरी अवार्ड सरोज खनाल र उत्कृष्ट अभिनेत्री जुरी अवार्ड करिश्मा मानन्धरले प्राप्त गरे भने डेब्यु नायिकामा प्रमिला कार्कीले उक्त अवार्ड प्राप्त गरिन् भने ‘बेस्ट फिल्म अवार्ड डायस्पोरा’को अवार्ड चलचित्र बगानले हात पार्यो ।
अमेरिकामा रहेको त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा ग्लोबल नेपाली फिल्म अवार्डले आयोजना गरेको हो। लाइफ टाइम अचिभमेन्ट अवार्डबाट अभिनेत्री भुवन चन्द र बसुन्धारा भुषाललाई संयुक्त रूपमा सम्मानित गरिएको थियो । अवार्ड कार्यक्रममा जूरी पुरस्कार प्राप्त गर्ने सिनेमामा ‘टुल्की’ परेको थियो भने नायिका करिष्मा मानम्धर र केकी अधिकारी स्टार अवार्डबाट सम्मानित भएकाछन् ।

यस वर्षको उत्कृष्ट अवार्ड चलचित्र भस्मे डन, निर्देशक दिपेन्द्र के खनाल, अभिनेता दयाहाङ राई, अभिनेत्री सुरक्षा पन्त, हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा), नकारात्मक भुमिका कलाकार प्रशान्त ताम्राकार, डेब्यु नायिका प्रमिला कार्की, डायस्पोरा चलचित्र बगानले प्राप्त गरे । अवार्ड कार्यक्रममा सङ्गीतकार सम्भुजित बास्कोटा, लोक गायक नन्दकृष्ण जोशी, गायक यम बराल लगायतका कलाकारहरूका विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत देखाइएको थियो ।
अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजकको भनाइ छ ।