काठमाडौ -अभिनेता विराज भट्टको निर्देशन रहेको एक्सन–थ्रिलर फिल्म १२ गाउँको रोमान्टिक गीत सार्वजनिक गरिएको छ।
सोमबार बुढासुब्बा डिजिटलको युट्युबबाट कसो कसो बोलको गीत रिलिज गरिएको हो। यसको भिडिओमा फिल्मका शीर्ष कलाकार समीर भट्ट र सोनु चन्द्रपाललाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। गीतमा सुगम पोखरेल र सदीक्षा कट्टेलले स्वर दिएका छन्। सुवासचन्द्र ढुंगेलको शब्द रहेको गीतमा निरज सिंहको संगीत, सौरभ लोखंडेको संगीत निर्माण र एरेन्जमेन्ट छ। भिडिओका कोरियोग्राफर रामजी लामिछाने हुन्। फिल्म १२ गाउँ दसैंको फूलपाती (असोज २४) गते रिलिज हुने तयारीमा छ। यसमा विराज भट्ट, समीर भट्ट, सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर (इकु), कृष्ण भट्ट लगायत कलाकारहरूको अभिनय छ।
यो विराजका छोरा समीरको डेब्यु फिल्म हो। त्यस्तै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि यो फिल्मबाट डेब्यु गरेका छन्। गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी अभिनेत्री सोनु चन्द्रपालले पनि यसबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। सन्तोष सरकारको लेखन रहेको फिल्ममा महेश पौडेल र राजु लामाको डिओपी, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, सुनील क्षेत्री र रामजी लामिछानेको कोरियोग्राफी, भूपेन्द्र अधिकारी र प्रवीन केएलको सम्पादन छ। फिल्मलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।