गायिका समीक्षा अधिकारीलाई डेंगु संक्रमण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१८ दिन अगाडि
गायिका समीक्षा अधिकारीलाई डेंगु संक्रमण

काठमाडौं- समीक्षा अधिकारी अहिलेकी व्यस्त गायिका हुन् ।

‘बोक्सीको घर’ फिल्मको ‘बुझिन मैले’ गीत लोकप्रिय भएपछि समिक्षा पार्श्व गायिकाको रूपमा पनि स्थापित भएकी छिन् । अहिले लोकप्रिय भइरहेको ‘घरज्वाईं’ को ‘कसम बत्तीको‘’ गीतमा पनि उनकै स्वर सुन्न सकिन्छ ।

फिल्मका गीतहरू लोकप्रिय भएपछि उनको सांगीतिक व्यस्तता झन् बढेको छ । यिनै गीतहरुका कारण उनी देश-विदेशमा पनि चर्चित भइन् र कार्यक्रमका लागि देश-विदेश पनि पुगिन् ।

केहि समय अगाडि पनि उनी जापानमा आफ्नो सांगीतिक प्रस्तुति दिएर नेपाल फर्केकी छिन् ।

तर अहिले भने समीक्षालाई डेंगु संक्रमण भएको छ । त्यसैले अहिले उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेकी छिन् । डेंगु संक्रमण भएपछि उनले केहि सयम आराम गर्नुपर्ने भएको छ । आफूलाई डेंगु भएको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।