लोमश शर्माको नयाँ गीत ‘अल्लि नजिक सरिदेउन’मा दुई जोडीको प्रेम कथा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१६ दिन अगाडि
 लोमश शर्माको नयाँ गीत ‘अल्लि नजिक सरिदेउन’मा दुई जोडीको प्रेम कथा

काठमाडौँ- निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्लि नजिक सरिदेउन’ सार्वजनिक भएको छ। 

बुधवार लोमश शर्माको आधिकारिक यूट्युब च्यानल ‘लोमश शर्मा’ बाट सार्वजनिक गरिएको गीतमा गायिका शान्ति श्री परियार र गायक प्रह्लाद सुवेदीको स्वर छ। गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन्। प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन। डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन्। 

लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना–लोमश र जुना–प्रमोद) को प्रेम देखाईएको छ। 

गीतको भिडियोमा रमणीय दृश्यहरू कैद गरिएको छ। उक्त दृश्यहरू सैलुङको हो। रोचकको कुरा के हो भने, सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो। 

भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ। नेपालमा हत्तपत्त एरी क्यामराको प्रयोग गरिदैन। नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो भएको निर्माण पक्षको दावी रहेको छ । 

गीतमा शब्द र संगीत प्रह्लाद सुवेदीले भरेका छन्। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन् । यो गीतलाई पनि दर्शकले मन पराउने र पहिलाका गीतहरुलाई झैँ दर्शकले साथ र माया दिनेमा शर्मा विश्वस्त छन् ।

कबिराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ। अग्नी थापा र दीपेन्द्र पण्डितले मिलेर निर्माण गरेको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन।