काठमाडौँ - चलचित्र एक्टरको टिजर सार्वजनिक गरिएको छ । करिब डेढ मिनेटको टिजरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा र नव-नायिका दिव्या
रायमाझीको त्रिकोणात्मक प्रेम र दुस्मनी (रिभेन्ज) देख्न सकिन्छ । डेब्यु नायिका रायमाझीलाई मज्जासँग 'इन्टरड्युस' गराइएको छ भने अभिनेता राजबल्लभ कोइरालाको कमब्याकलाई पनि अर्थपूर्ण बनाउने प्रायास टिजरमा देख्न सकिन्छ ।

सार्वजनिक टिजरमा प्रदीप आना र दिव्याकोको रोमान्टिक अवतारले दर्शकलाई लोभ्याएको छ भने प्रदीपको घयल लुक्स र टिजरमा प्रस्तुत केहि संवादले चलचित्रप्रति दर्शक अपेक्षा उच्च बनाएको छ ।
१० वर्षपछि चलचित्रमा कमब्याक गरेका अभिनेता राजबल्लभ कोइरालाले यसपटक आफ्नो अघिल्लो भूमिकाहरू भन्दा फरक र आधुनिक शैलीको चरित्र निभाएका छन् । यही चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्या रायमाझीलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ। दिव्या नेपाली चलचित्रका चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनले यही चलचित्रको लागि अमेरिका छोडेर नेपाल फर्किएकी हुन् ।
राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदीप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ । ‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन् । अनीश भुसाल सह-निर्माता र क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ ।
सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।
भिडियो