काठमाडौ -गत शुक्रबार रिलिज नेपाली फिल्म ुसानो संसारु को प्रदर्शन स्थगित गरिएको छ। आइतबारदेखि फिल्मको प्रदर्शन स्थगित गरिएको हो।
निर्माता अर्जुन कुमार र माधव वाग्लेले विज्ञप्ति जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण प्रदर्शन स्थगित गर्नुपरेको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, हालको बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण जनमानसलाई आवतजावत गर्न समेत कठिन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई फिल्म सानो संसारलाई केही समयका लागि प्रदर्शन स्थगित गरेका छौं। यस्तो निर्णयबाट दर्शकलाई परेको असुविधाप्रति निर्माताले क्षमा समेत मागेका छन्। निर्माता अर्जुन कुमारका अनुसार फिल्मलाई छिट्टै प्रदर्शनमा ल्याइनेछ।
सम्भवतः अब कात्तिकमा प्रदर्शनमा ल्याउँनेछौं। आधिकारिक नयाँ प्रदर्शन मिति आज घोषणा गर्दैछौं,उनले भने। सिद्धार्थ पुडासैनीको निर्देशन रहेको ‘सानो संसार’ मध्यमवर्गीय परिवारको कथामा बनेको फिल्म हो। यसमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ। साथमा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।