काठमाडौं- दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो
निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ ।
पोखरेलका अनुसार चलचित्र अक्टोबर ११ शुक्रबार अमेरिकाको टेक्सस, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायर लगायतका सहरमा सय बढी शोमा चलचित्र प्रदर्शन हुनेछ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता र वसन्त निरौला निर्देशक रहेका छन् ।
पछिल्लो समय चलचित्रको गीत 'कसम वत्तिको' सार्वजनीक भएसँगै यसकाे चर्चा चुलिएको छ ।