युट्युब ट्रेन्डिङमा 'एक्टर' को टिजर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१३ दिन अगाडि
युट्युब ट्रेन्डिङमा 'एक्टर' को टिजर

काठमाडौ-फिल्म एक्टरः टेक वनु को टिजर युट्युब ट्रेन्डिङमा देखिएको छ।

शुक्रबार सार्वजनिक टिजर युट्युब ट्रेन्डिङमा फिल्म विधातर्फ दोस्रो स्थानमा आएको हो ।  टिजरलाई आइतबार दिउँसोसम्म झण्डै ८ लाखपटक हेरिएको छ  । १ मिनेट २० सेकेन्डको टिजरमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझीसहित राजबल्लभ कोइरालालाई प्रस्तुत गरिएको छ । राजन भुसालको निर्देशनमा बनेको यो फिल्म कार्तिक १५ (लक्ष्मी पूजा)मा रिलिज हुनेछ। एक्टरु मा दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी र देवेन्द्र नेपालको पनि अभिनय छ। दीलिप रायमाझीकी छोरी दिव्याको ुएक्टरु पहिलो फिल्म हो। राजबल्लभले यो फिल्मबाट लामो समयपछि कमब्याक गरेका हुन्। 

थम्मन कुमार भण्डारी निर्माता रहेको यो फिल्मलाई आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्। युट्युब ट्रेन्डिङमा फिल्म विधातर्फ पहिलो नम्बरमा भने खुस्मा को ट्रेलर यथावत छ। असोज ३ गते रिलिज यो फिल्मले राम्रो व्यापार गरिरहेको छ।