फूलपातिमा दर्शकलाई तीन फिल्म

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०३ दिन अगाडि
फूलपातिमा दर्शकलाई तीन फिल्म

काठमाडौं-बडादशैँको फूलपातिबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ तथा ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् ।

ठूला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ ।  सोमवारदेखि यी तिनै फिल्मको मल्टिप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भैसकेको छ । मल्टिप्लेक्सहरुमा सुपरहिट सीरीज ‘छक्का पञ्जा ५’ ले अन्य दुई फिल्मभन्दा धेरै शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई झण्डै एक सय शो दिएको छ ।  यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’लाई उच्च प्राथमिकतामा राखेका छन् ।

देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब ३ सय शो पाउने सम्भावना दिएको छ । त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा शो तय हुने छ ।  त्यसै विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्यूएफएक्स चेनमा ५३ शोज पाएको छ । यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा शोज पाउने देखिएको छ । फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ । 

विराज भट्टको ‘१२ गाउँ’ ले देशभरिका सिनेमा हलमा करिव १ सय ५० शो पाएको छ । त्यसैगरी, जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा शो पाउने भएको छ । क्यूएफएक्सले यो फिल्मलाई ४० शो दिएको छ । त्यस्तै घटस्थापनाबाट रिलिज भएको‘बेहुली फ्रम मेघौली’ को भने फूलपातीदेखि शो कम हुने देखिएको छ ।