सधैंका लागि अस्ताए वरिष्ठ गीतकार विश्व बल्लभ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०४ दिन अगाडि
सधैंका लागि अस्ताए वरिष्ठ गीतकार विश्व बल्लभ

काठमाडौं- वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । केही दिनदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचारका क्रममा सधैंका लागि अस्ताएका हुन् ।

लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । बल्लभकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् ।

बल्लभ तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतका लेखक हुन्।