'सानो संसार' को प्रिमियर, भोलिदेखि हलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८९ दिन अगाडि
'सानो संसार' को प्रिमियर, भोलिदेखि हलमा

 काठमाडौ -सामाजिक कथामा बनेको फिल्म सानो संसारु लाई दोस्रो पटक प्रिमियर गरिएको छ।

बुधबार बेलुका काठमाडौंको राइजिङ मलमा गरिएको प्रिमियरमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, दीपाश्री निरौला, निर्माता छविराज ओझा, कलाकार केदार घिमिरे, निर्मल शर्मा, सुरक्षा पन्त, हिमेश पन्तसहितले फिल्म हेरेका थिए। प्रिमियरमा फिल्म हेरेका कलाकारहरूले यसको कथावस्तु, प्रस्तुति र अभिनयको खुलेर प्रशंसा गरे।  यो फिल्म यसअघि असोज ११ मा रिलिज भएको थियो। त्यसबेला लगातारको झरीले प्रदर्शन प्रभावित बनेपछि निर्माताले ३ दिनमै हलबाट उतारेका थिए । अर्जुन कुमार निर्माता, माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्म भोलि (शुक्रबार)देखि पुनः प्रदर्शनमा आउँदैछ। मध्यमवर्गीय परिवारको कथा प्रस्तुत गरेको फिल्मलाई सिद्धार्थ पुडासैनीले  निर्देशन गरेका हुन्। सानो संसारु बाट केदार घिमिरे ९माग्ने बुढा०की श्रीमती सीतादेवी तिमल्सिनाले फिल्ममा डेब्यु गरेकी छन्। फिल्ममा उनका साथमा अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।हलले फिल्मको बुकिङ खुलाइसकेका छन्।सामाजिक कथामा बनेको फिल्म सानो संसारु लाई दोस्रो पटक प्रिमियर गरिएको छ।

बुधबार बेलुका काठमाडौंको राइजिङ मलमा गरिएको प्रिमियरमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, दीपाश्री निरौला, निर्माता छविराज ओझा, कलाकार केदार घिमिरे, निर्मल शर्मा, सुरक्षा पन्त, हिमेश पन्तसहितले फिल्म हेरेका थिए। प्रिमियरमा फिल्म हेरेका कलाकारहरूले यसको कथावस्तु, प्रस्तुति र अभिनयको खुलेर प्रशंसा गरे। यो फिल्म यसअघि असोज ११ मा रिलिज भएको थियो। त्यसबेला लगातारको झरीले प्रदर्शन प्रभावित बनेपछि निर्माताले ३ दिनमै हलबाट उतारेका थिए।  अर्जुन कुमार निर्माता, माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्म भोलि (शुक्रबार)देखि पुनः प्रदर्शनमा आउँदैछ । मध्यमवर्गीय परिवारको कथा प्रस्तुत गरेको फिल्मलाई सिद्धार्थ पुडासैनीले  निर्देशन गरेका हुन्। सानो संसारु बाट केदार घिमिरे (माग्ने बुढा)की श्रीमती सीतादेवी तिमल्सिनाले फिल्ममा डेब्यु गरेकी छन्। फिल्ममा उनका साथमा अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ। हलले फिल्मको बुकिङ खुलाइसकेका छन्।