काठमाडौं - तिहारको विदा लक्षित कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘पूर्ण बहादुरको सारङ्गी’। चलचित्र टिम अहिले प्रचार प्रशारमा व्यस्त छ भने चलचित्रका प्रचार सामग्री पनि प्रसस्तै सार्वजनिक भइ सकेका छन् ।
हालसम्म निर्माण टिमले चलचित्रका ४ गीत तथा टिजर ट्रेलर सार्वजनिक गरिसकेको छ । बुधबारमात्र चलचित्रको नयाँ दोहोरी ब्याटल शैलीको ‘रैयाँ चाँदीको’ गीत सार्व गरिएको थियो ।
उक्त गीतलाई दर्शकको सकारात्मक साथ मिलिरहेको छ भने बाँकी प्रचार सामग्रीबाट पनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । आशिष अविरल र मेलिना राईको स्वरमा सार्वजनिक दोहोरी ब्याटलमा नवराज पन्तको शब्द रचना तथा गायक अविरल स्वयंको संगीत छ । जसलाई अधिकांस दर्शकले रुचाइरहेका छन् ।
यसअघि सार्वजनिक भएको गीत । ‘काँधेकुरी’ टिकटकलगायतका भिडियो प्लेटफर्मम लोकप्रिय बनिरहेका बेला ‘रैयाँ चाँदीको’ गीतले चलचित्रलाई थप उचाईमा पु¥याएको छ। अर्कातर्फ मुख्यकलाकारसहित निर्माण टिम देशका विभिन्न स्थानमा प्रचारमा सक्रिए रहेकाले पनि दर्शकमाझ चलचित्रप्रतिको उत्साह बढ्दो छ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटालगायतका कलाकार शसक्त अभिनय रहेका छन् ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको छ ।