काजल र राजीवको प्रेम कहानीमा सजिएको मैथिली गीत ‘माने ना जिया’ रिलिज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८६ दिन अगाडि
काजल र राजीवको प्रेम कहानीमा सजिएको मैथिली गीत ‘माने ना जिया’ रिलिज

काठमाडौं - त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमति मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ । गीतका बोल श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्।

सुमति मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन्, र सुयोग महतोको सङ्गीत संयोजन रहेको छ। काजल कर्ण र राजीव समरको जोडिलाई भिडियोमा अन स्क्रिन रोमान्स, सङ्घर्ष, प्रेमलाई देखाइएको छ। समरले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो ।

उक्त ‘माने ना जिया’ नामक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ ।

गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सह-निर्माताको रूपमा छन्।