'जेरी अन टप' को शुभमुहूर्त, आजैबाट छायांकन सुरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८५ दिन अगाडि
'जेरी अन टप' को शुभमुहूर्त, आजैबाट छायांकन सुरू

काठमाडाै‌ -अनमोल केसीको शीर्ष अभिनय रहने फिल्म'जेरी अन टप'को शुभमुहूर्त गरिएको छ। 

ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा सोमबार मुहूर्त गरिएको हो।  सुयोग गुरूङको निर्देशन रहने यो फिल्ममा अनमोलसहित जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, विपना थापा, केदार घिमिरे (माग्नेबुढा), सुरक्षा पन्त, निर्मल शर्मा लगायत कलाकारहरूको अभिनय रहनेछ। फिल्मबाट अभिनेता भुवन केसीले तीन वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन्। 

मुहूर्तसँगै फिल्मको छायांकन आजैबाट सुरू भएको छ। ५० दिनको छायांकन तालिका राखिएको यो फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिनेछ। अनन्या फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन्। लभस्टोरी जनरामा बन्न लागेको फिल्मको प्रदर्शन भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेलाई तय गरिएको छ।