‘केटी हराएको सूचना’ को ट्रेलरमा सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८३ दिन अगाडि
‘केटी हराएको सूचना’ को ट्रेलरमा सार्वजनिक

काठमाडौं - दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ । 

बुधबार ललितपुरको लबिम मलमा आयोजित कार्यक्रमकाबीचे ट्रेलर रिलिज गरिएको हो । ट्रेलरलाई फरक शैलीमा तयार गरिएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मको ट्रेलर ४ मिनेट ७ सेकेन्डको छ ।डेटिङ एपबाट भेटिएका युवायुवती (नाजिर र सृष्टि) को कथा यसमा देखाइएको छ । फिल्ममा नाजिर राम नामक पात्रको भूमिकामा छन् भने सृष्टिले सीता नामकी युवतीको भूमिका निभाएकी छन्।

ट्रेलर सार्वजनिक गर्दै  निर्देशक दीपेन्द्र गौचनले ३२ वर्षअघिको चर्चित डकुड्रामा ‘उजेली’ बनाएर दुई दशकपछि नेपाल फर्किएर यो फिल्म बनाए । फिल्म ‘केटी हराएको सूचना’ यही कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउनेछ ।