काठमाडौँ- ‘मिसिङः केटी हराएको सूचना’ निर्देशक दीपेन्द्र गौचनले फिल्म धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको बताएका छन् ।
खास गरेर भौगोलिक विविधतामा अडिएको नेपालमा तराई र यस क्षेत्रका सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउने चाहनासहित निर्देशक गौचनले ‘मिसिङः केटी हराएको सूचना’ तयार गरेको प्रतिक्रिया दिएका छन् ।
उनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको र यसलाई दर्शकले वर्षौँसम्म सम्झिरहने आशा पनि व्यक्त गरे ।
सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबिच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञान
‘मिसिङः केटी हराएको सूचना’ले बोल्ने बताए ।
अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनयमा तयार बनेको चलचित्र कार्तिक ३० गतेबाट प्रदर्शनमा आउँदै छ ।
वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर दर्शकको मन जितेका श्रेष्ठले ‘मिसिङः केटी हराएको सूचना’बाट भने दर्शकको मन जित्न सक्छन् सक्दैनन् त्यो भने कात्तिक ३० पछि थाहा हुने नै छ । यद्यपि निर्देशक श्रेष्ठले भने जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनाले पनि वर्षौँसम्म दर्शकको मन तान्ने दाबी गरेका छन् ।