ट्रेलरमा हेर्नुहोस विपिन र वर्षा स्टारर चलचित्र ‘तेल भिसा’ (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७४ दिन अगाडि
ट्रेलरमा हेर्नुहोस  विपिन र वर्षा स्टारर चलचित्र ‘तेल भिसा’ (भिडियोसहित)

काठमाडौं- आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर  सार्वजनिक गरिएको हो । 

३ मिनेट ३८ सेकेण्ड लामो ट्रेलरमा नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेला र पारिवारीक इमाेसनको कथालाई देखाएको छ । 

सार्वजनिक ट्रेलमा अभिनेता विपिन कार्की बाबु र छोराको दोहोरो भूमिकामा देखिएका छन् ।

शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रमा  सुशन प्रजापतिको छायांकन रहेको छ । चलचित्रमा विपिन र पूजासहित वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुको पनि अभिनय छ ।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् ।

भिडियो