नाटक 'ढुकढुकी ७२ मेगाहर्ज'को मञ्चन सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७२ दिन अगाडि
नाटक 'ढुकढुकी ७२ मेगाहर्ज'को मञ्चन  सुरु

काठमाडौँ- केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ शनिवारबाट मञ्चन सुरु भएको छ ।

थापागाउँस्थित मण्डला थिएटरमा शनिवारबाट मञ्चन सुरु भएको नाटकले मानव जीवनको संवेदना सहअस्तित्व, प्रेम र दम्पतीको सन्तान प्राप्ति चाहनामा विषयवस्तु बनाइएको छ । नाटकको लेखन तथा परिकल्पनाकार निर्देशक केदार नै हुन् । नाटकमा मेनुका प्रधान र कर्मा शाक्यको अभिनय रहेकाे  छ । नाटक आगामी मङ्सिर १६ गतेसम्म नियमित मञ्चन हुने निर्देशक श्रेष्ठले बताए ।