जितु नेपालको व्यस्ततापछि  ब्रह्मानन्दमले पाएका थीए  ‘ह्रस्व दीर्घ’मा अवसर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७१ दिन अगाडि
जितु नेपालको व्यस्ततापछि  ब्रह्मानन्दमले पाएका थीए  ‘ह्रस्व दीर्घ’मा अवसर

काठमाडौँ-  चलचित्र ‘ह्रस्व दीर्घ’  कात्तिक ३० गते अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ। अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको चलचित्रमा नेपाली मात्र नभएर दक्षिण भारतीय कलाकारहरूको समेत अभिनय  छ । चलचित्र नेपाली र हिन्दी दुई भाषामा एकैसाथ प्रदर्शन गर्ने तयारीमा छ निर्माण टिम । 

युवा ज्योतिषका रूपमा चर्चामा रहेका हरिहर अधिकारीलाई यस चलचित्रमा मुख्य भूमिकामा देख्न सकिन्छ।

चलचित्रमा हरिहरसँगै अभिनेत्री बिपना थापा, गरिमा शर्मा, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, रवीन्द्र झाको अभिनय रहेको छ । यसै गरी भारतीय कलाकारहरू ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय पनि देख्न सकिने छ । 

चलचित्रको मुख्य आकर्षण ब्रह्मानन्द रहेका छन्। जसले नेपाली हास्य कलाकार जितु नेपालको व्यस्तता पछि नेपाली चलचित्रमा भित्रिने अवसर पाएका थिए । चलचित्र निर्माण टिमका अनुसार ब्रह्मानन्द चलचित्रको लागि पहिलो रोजाई थिएनन्। उनको ठाउँमा हास्य कलाकार जितु नेपाल थिए । तर प्रदर्शनमा आइसकेको ‘ह्यारीकी प्यारी’मा जितु व्यस्त भएपछि निर्माण टिमले उनको ठाउँमा विकल्प खोज्यो । विकल्पमा परे ब्रह्मानन्दम ।

६ करोड बढी लगानीमा बनेको ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका छन् ।

यस चलचित्रको रोचक पाटो भनेको अभिनेत्री बिपना थापाले १६ वर्षपछि अभिनयमा कम ब्याक गरेकी छिन् भने धेरै स्टारहरूलाई नीता फिल्मस्ले अवसर पनि दिएको छ ।