काठमाडौँ- साङ्गीतिक छोटो फिल्म 'कोठा'को ट्रेलर सार्वजनिक गरिएको छ । आर्ट घरको निर्माणमा तयार भएको उक्त साङ्गीतिक छोटो फिल्मलाई भीष्म जोशीले तयार गरेका हुन् ।
जोशीको कथा तथा कन्सेप्टमा तयार फिल्मको ट्रेलरमा काठमाडौँमा डेरा गरी भविष्य खोजिरहेको युवाको कथालाई प्रस्तुत गर्न खोजिएको देखिन्छ ।
गाउँबाट सपना बोकेर सहर छिरेको युवाको भोगाई र ठक्कर फिल्ममा समावेश गरिएको हुन सक्ने ट्रेलरबाट बुझ्न सकिन्छ ।
ट्रेलरमा सुनिएको आवाज तथा सङ्गीत पछिल्लो समयका चर्चामा रहेका प्रशान्त सिवाकोटीको रहेको छ ।
नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको यस साङ्गीतिक सर्ट फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको निर्माण टिमले जनाएको छ ।
सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस साङ्गीतिक फिल्ममा निर्देशक जोशी र कवि देव व्रतको शब्द सुन्न सकिन्छ ।
निर्देशक जोशीले यसअघि आर्ट घरबाट 'समय र उमेर' सार्वजनिक गरेका थिए भने, साङ्गीतिक छोटो फिल्म 'कोठा'को फुल भर्सन केहि दिनमै सार्वजनिक गरिने निर्माण टिमको तयारी छ ।
भिडियो