सुशान्त केसीको गीत ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६४ दिन अगाडि
सुशान्त केसीको गीत ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

काठमाडौं -सुशान्त केसीको पछिल्लो गीत ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ ।

आइतबारदेखि सूचीमा समावेश यो गीत ट्रेन्डिङको ९३ औं स्थानमा छ । दुई साताअघि प्रिमियर भएको यो गीत नेपालमा भने त्यसयता नै संगीत खण्डतर्फको ट्रेन्डिङमा शीर्षस्थानमा छ । यो गीतलाई अहिलेसम्म एक करोड ४२ लाख पटक हेरिएको छ ।  सुशान्तकै शब्द तथा संगीत रहेको गीतमा सुशान्तसहित इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठको समेत अभिनय छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने यो चौथो नेपाली गीत हो ।

यसअघि बुद्धिकृष्ण परियार र दीपिका बयम्बुको ‘कश्मीरे पछ्यौरी’, फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ र हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ ग्लोबल ट्रेन्डिङमा थिए । ‘रुकुम मैकोट’ दुई महिनादेखि अहिले पनि लगातार ट्रेन्डिङमा छ । यो गीत अहिले पनि ६० औं स्थानमा छ ।