गायिका रचना रिमाल 'फेस अफ विराटनगर किंग्स' नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६२ दिन अगाडि
गायिका रचना रिमाल 'फेस अफ विराटनगर किंग्स' नियुक्त

काठमाडाै‌ -गायिका रचना रिमाल नेपाल प्रिमियर लिग (एनपिएल) को एउटा टोली विराटनगर किंग्ससँग जोडिएकी छन्।

पछिल्लो पुस्ताकी चर्चित गायिकालाई विराटनगर किंग्सले फेस अफ विराटनगर किंग्सु घोषणा गरेको हो। विराटनगर किंग्सले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ। अभिनेता दयाहाङ राई विराटनगर किंग्सको गुडविल एम्बासडर नियुक्त छन्। मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल हुँदैछ।