युट्युबमा आयो 'ह्रस्व दीर्घ' को गीत 'जपिँदैन हरि' (भिडियाे)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६२ दिन अगाडि
युट्युबमा आयो 'ह्रस्व दीर्घ' को गीत 'जपिँदैन हरि' (भिडियाे)

काठमाडाै‌- शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'ह्रस्व दीर्घ' मा समावेश गीत 'जपिँदैन हरि' सार्वजनिक गरिएको छ।

फिल्म रिलिजको पाँच दिनपछि मंगलबार बेलुका युट्युबमा ल्याइएको गीतमा केतन क्षेत्री र मेनुका पौडेलको स्वर छ। गीतको शब्द तथा संगीत प्रतीक पौडेलको हो।   भिडिओमा फिल्मका शीर्ष कलाकार नीता ढुंगाना र हरिहर अधिकारीका साथमा सरोज खनालको पनि अभिनय छ। 

कथासार खुल्ने डरले निर्माण टिमले यो गीत फिल्म रिलिजपछि मात्रै सार्वजनिक गरेको हो। फिल्म हेरेका दर्शकले यो गीत रूचाएका छन्। नीता ढुंगाना निर्मित फिल्म 'ह्रस्व दीर्घ' मा नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरूको अभिनय छ। चन्द्र पन्त निर्देशित फिल्मले सुखद कमाइ गरिरहेको छ। फिल्मले चार दिनमा ३ करोड ६५ लाख रूपैयाँ कमाइ गरेको जनाइएको छ।