आइफोनमा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६१ दिन अगाडि
आइफोनमा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा

काठमाडौँ - आइफोन १४ प्रो–म्याक्सबाट छायाङ्कन गरिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइमबाट प्रसारण हुने भएको छ । 

वन स्क्वाड फिल्मस्ले फिल्मलाई यो प्लाटफर्ममा ल्याएको हो । अमेरिका र क्यानडाको सर्भरमा पहिलो चरणमा यो फिल्म  हेर्न सकिनेछ । क्रमशः अन्य मुलुकमा समेत फिल्म उपलब्ध हुने फिल्मका निर्देशक जेसन लोप्चनले बताए । अमेजन प्लाटफर्ममा फिल्म रिलिज भएपछि ओएसआर डिजिटलले युट्यबमा ट्रेलर सार्वजनिक गरेको छ ।

निर्देशक लोप्चनले फिल्मलाई नेपालका हलमा प्रदर्शनमा ल्याउने समेत तयारी भइरहेको बताए ।फिल्मको केही अगाडि विषेश शो समेत आयोजना भएको थियो । जहाँ फिल्मले प्रशंसा पाएको थियो ।