हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५४ दिन अगाडि
हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’

काठमाडौँ  -र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतिमा र्‍याप गीत ‘चिसो चिसो हावाले’ ल्याएका छन् ।

गीतको भिडियोमा समेत गायक श्रेष्ठ,  र्‍यापर हाकिम, मोडल युकी, एलिसबहादुर सिंहको अभिनय रहेको छ । गीतले त्रिकोणात्मक प्रेमलाई दर्साउने गायक श्रेष्ठले बताए । उनले भने, ‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो ।’ नेस स्टुडियो र फुजी स्टुडियोले भिडियो परिकल्पना गरेको भिडियोमा छायाङ्कन र निर्देशन विवेक मगरको छ । भिडियो नै नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको हो । ¥यापर हाकिमको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’, ‘डल्ली’ लगायतका गीत लोकप्रिय छन् । 

 र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतिमा र्‍याप गीत ‘चिसो चिसो हावाले’ ल्याएका छन् ।  गीतको भिडियोमा समेत गायक श्रेष्ठ,  र्‍यापर हाकिम, मोडल युकी, एलिसबहादुर सिंहको अभिनय रहेको छ । गीतले त्रिकोणात्मक प्रेमलाई दर्साउने गायक श्रेष्ठले बताए । उनले भने, ‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो ।’ नेस स्टुडियो र फुजी स्टुडियोले भिडियो परिकल्पना गरेको भिडियोमा छायाङ्कन र निर्देशन विवेक मगरको छ । भिडियो नै नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको हो । ¥यापर हाकिमको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’, ‘डल्ली’ लगायतका गीत लोकप्रिय छन् ।