शिव परियारको स्वरमा ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५१ दिन अगाडि
शिव परियारको स्वरमा  ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक (भिडिओ)

काठमाडौँ -गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलकोको स्याड गीत रिलिज भएको छ।

जी.  एम.  दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा नायिका आश्मा गिरि र मोडल अनुप जंग थापा ( विचित्र )को अभिनय रहेको छ। प्रेमी बीच माया प्रेम र शंकाले जीवनमा पर्ने उतार चढावलाई समेटेर बनाइएको गीत निकैनै मर्मस्पर्शी रहेको छ।

संचारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको गीतमा जी. एम. दिपु दिपेन्द्रको शब्द, राजकुमार बगरको संगीत तथा मिक्सिङ्ग र मास्टरिङ्ग,  मुकुश हुमागाँई र टिमको छायांकन, मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ। आश्मा र अनुपलाई अभिनयमा लिजन बराईली र श्रीजन सुनारले बाल कलाकारका रुपमा साथ दिएका छन।