'कल्ली' मा नाजिर र वर्षा अनुबन्धित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६४८ दिन अगाडि
'कल्ली' मा नाजिर र वर्षा अनुबन्धित

काठमाडाै‌ -निर्माणको तयारीमा रहेको फिल्म 'कल्ली' मा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्।

 

 हालै नाजिर र वर्षासँग निर्माणपक्षले लिखित सम्झौता गरेको हो। उनीहरूको भूमिकाका विषयमा भने निर्माणपक्षले केही खुलाएको छैन ।  रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा नाजिर र वर्षा अनुबन्धित भएसँगै कलाकारहरुको लाइनअप बलियो बनेको छ।  फिल्ममा यसअघि अभिनेता सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी नेपाल र अभिनेत्री बेनिशा हमाल फाइनल भइसकेका छन्। अभिनेता उत्तम प्रधानले पनि 'कल्ली' मार्फत फिल्ममा कमब्याक गर्दैछन्।

फिल्ममा माओत्से गुरूङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन्। फिल्ममा निशाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने जनाइएको छ।  किरण नेपालीको लगानीमा बन्न लागेको यो फिल्ममा लक्ष्मण सुनारको लेखन एवं निर्देशन रहनेछ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। पुसको २० गतेबाट छायांकन सुरू हुने जनाइएको छ।