सोमबारदेखि देशभरका हलबाट ‘पूर्ण बहादुरको सारङ्गी’ उतार्ने निर्माताको घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६४४ दिन अगाडि
सोमबारदेखि देशभरका हलबाट ‘पूर्ण बहादुरको सारङ्गी’ उतार्ने निर्माताको घोषणा

काठमाडाै‌ -सर्वाधिक कमाइको रेकर्ड बनाएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ।

निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार एक विज्ञप्ती जारी गर्दै सोमबारदेखि देशैभरिका हलहरूबाट फिल्म उतारिने जानकारी दिएको हो । आफ्नो चलचित्रलाई केही हलले गरेको नजरअन्दाज गरेकाले यस्तो निर्णय लिनुपरेको निर्माताले जनाएका छन् । 'पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही सिनेमा घरहरूबाट गरिँदै आएको व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको छ,' विज्ञप्तिमा भनिएको छ।

विजय बराल अभिनीत फिल्मले नेपालमा ४७ करोड बढी व्यापार गरिसकेको छ। भारतीय फिल्म पुष्पा २ आएपछी यो फिल्मको शो हवात्तै घटाइएको थियो।'अहिले हामी कात्तिक १५,१६ र १७ गते जुन अवस्थामा थियौं, ठिक त्यही अवस्थामा छौं। पूर्णबहादुरको सारङ्गीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुगेका छौं,' विज्ञप्तीमा भनिएको छ।