शेर्पा चरित्रमा दयहाङको ६ महिना पछि पर्दामा कमब्याक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६४० दिन अगाडि
शेर्पा चरित्रमा दयहाङको ६ महिना पछि पर्दामा कमब्याक

काठमाडाैं- दयाहाङ राई ६ महिनापछि पर्दामा फर्कदै छन् । फिल्मभन्दा नाटक निर्माणमा व्यस्त भएपनि अब भने उनी चलचित्र ‘कार्साङ’ मार्फत ठूलाे पर्दामा देखिन लागेका हुन् ।

उनी अभिनित फिल्म ‘कार्साङ’ २६ पुसदेखि देशव्यापी प्रदर्शन तयारीमा छ । यसअघि ‘गाउँ आएको बाटो’मा राई, ‘घरज्वाइँ’मा मगर र ‘जारी’मा लिम्बू चरित्रमा देखिएका उनी ‘कार्साङ’मा भने शेर्पा समुदायको व्यक्तिको भूमिकामा देखिँदै छन् ।

शेर्पा समुदायको संस्कृति र परिवेशलाई बुझ्न सजिलो हुने अपेक्षा दर्शकको छ । यसअघि सार्वजनिक टिजरले पनि दायहाङ सँगै अन्य पात्रको चरित्र चित्रण र सन्दर्भले चलचित्रको कथा बस्तुलाई गजबले प्रस्तुत गरेको छ ।

फिल्ममा दयाहाङले शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन् । जाे आर्थिक रुपमा विपन्न र पारिवारका लागि जिम्मेवार पात्रका रुपमा उभिएको छन् । टिजरमा आएको प्रतिक्रियाका आधारमा भन्नेहाे भने चलचित्र प्रति दर्शकको अपेक्षा उच्च देखिन्छ ।