‘सानुमाया’मा मिरुना र दीपकबीच प्रेम र करियरको द्वन्द्व (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२५ दिन अगाडि
‘सानुमाया’मा मिरुना र दीपकबीच प्रेम र करियरको द्वन्द्व (भिडियोसहित)

काठमाडौं- भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, सङ्घर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ।

पहिचानको अभाव, प्रेम र करियर बिचको द्वन्द्व, र सामाजिक सङ्घर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ। लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड छन् ।

मिरुनाको पात्रले आफ्नो प्रेम र करियर बिचको सङ्घर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ। मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबिच छनोट गर्नुपर्ने अवस्थामा छन्।

उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ। ‘सानुमाया’ ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र साङ्गीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ। विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।

‘सानुमाया’ म्युजिक भिडियो भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । दर्शकहरूले यो साङ्गीतिक कथा मार्फत भुटानी नेपाली समुदायको वास्तविकता र सङ्घर्षलाई अनुभव गर्न सक्नेछन् सानुमाया ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

गीतको भिडियो