'सक्किगोनि' मा फर्किए काकु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२४ दिन अगाडि
'सक्किगोनि' मा फर्किए काकु

काठमाडौँ -हास्य सिरियल 'सक्किगोनि' मा कलाकार दीपक आचार्य (काकु) को पुनरागमन भएको छ। 

उनी झन्डै ६ महिनापछि यो सिरियलमा फर्किएका हुन्। बिहीबार प्रसारित एपिसोडबाट उनी पुनः देखिन थालेका हुन्।  सिरियलमा दीपक रक्षा श्रेष्ठ र सुबोध गौतमको बुवाको भूमिकामा छन्। 

अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को संयुक्त लेखन तथा निर्देशन रहँदै आएको 'सक्किगोनि' दर्शकमाझ लोकप्रिय सिरियल हो। सिरियलको अहिले सिजन ३ प्रसारणमा छ। 'सक्किगोनि' टिमले यतिबेला फिचर फिल्म 'लाज शरणम्' निर्माण गरेको छ। यो फिल्म फागुनमा प्रदर्शनमा आउँदैछ।