सौगात र गरिमाले गरे ‘जन्ते बाख्रो’को शुभसाइत पूजा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२५ दिन अगाडि
सौगात र गरिमाले गरे ‘जन्ते बाख्रो’को शुभसाइत पूजा

काठमाडौं -सिमोस सुनुवारको निर्देशनमा कमेडी फिल्म ‘जन्ते बाख्रो’ निर्माण हुने भएको छ ।

पुस २० गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको शुक्रबार कमलादी गणेश मन्दिरमा शुभसाइत गरियो । मुहूर्त पूजामा अभिनेता सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिए । फिल्ममा आसिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरले पनि अभिनय गर्नेछन् । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ ।

प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहने फिल्मका लगानीकर्तामा सन्तोष गौतम छन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ । सिनेमालाई हरि हुमागाईंले खिच्नेछन् ।