फिल्म 'मायावी' को गीत 'त्यो माया हो' बजारमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२० दिन अगाडि
फिल्म 'मायावी' को गीत 'त्यो माया हो' बजारमा

काठमाडाैँ -दिवाकर भट्टराई निर्देशित फिल्म 'मायावी' को गीत 'त्यो माया हो' सार्वजनिक गरिएको छ।

बुधबार सार्वजनिक गीतमा एसडी योगी र सदिक्षा कट्टेलको स्वर छ।  गीतका शब्द राम अविरल विष्टका हुन्। संगीत गायक योगीकै छ भने एरेन्ज रिकेश गुरूङले गरेका छन्। भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री दिपिका प्रसाईं फिचर्ड छन् । भिडिओमा यी दुईबीचको मायाप्रेमलाई व्यक्त गरिएको छ।  कविराज गहतराजले भिडिओको कोरियोग्राफी गरेका हुन्।

'मायावी' महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतको अभिनय छ। फिल्मको कथा लेखन निर्देशक भट्टराई स्वयंको हो। क्रिएटिभ सिने आट्र्स प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्मातामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त छन्। राजु थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ।