'पूजा सरः राजागंज' को पोस्टर सार्वजनिक, चैत १ गतेदेखि प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१९ दिन अगाडि
'पूजा सरः राजागंज' को पोस्टर सार्वजनिक, चैत १ गतेदेखि प्रदर्शन

काठमाडाै‌ -अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रशंसा पाएको नेपाली फिल्म 'पूजा सरः राजागंज' को पोस्टर सार्वजनिक गरिएको छ।

निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा छन्।दयाहाङ प्रहरीको पोशाकमा देखिएका छन्। यसले कुनै घटनाका लागि प्रहरी टोली तयार रहेको संकेत गरेको छ। 

'पूजा सर: राजागंज' लाई 'ह्वाइट सन' फेम्ड निर्देशक दीपक रौनियारले निर्देशन गरेका हुन्। यो फिल्मलाई 'द न्यूयोर्क टाइम्स' ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमा समेत राखेको थियो। फिल्मलाई दीपक रौनियारसहित आशा मगराती, रामबाबु गुरूङ र एलन आर मिलिगनले निर्माण गरेका हुन्। फिल्मको कार्यकारी निर्मातामा भारतीय निर्देशक अनुराग कश्यप समेत जोडिएका छन्।  फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरूङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादव लगायतको पनि अभिनय छ। फिल्म चैत १ गतेदेखि प्रदर्शनमा आउनेछ।