गरिखाने शिक्षा माग्दै मनि कुमार नेपालीले ल्याए स्कुले गीत: व्यवहारिक शिक्षा 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१२ दिन अगाडि
गरिखाने शिक्षा माग्दै मनि कुमार नेपालीले ल्याए स्कुले गीत: व्यवहारिक शिक्षा 

काठमाडौँ- गीतकार मनीकुमार नेपाली आफ्नो रचना, सङ्गीत तथा स्वरमा व्यवहारिक शिक्षा गीति भिडियो सार्वजनिक गरेका छन्।

खोटाङे स्रष्टा मनि कुमार नेपालीको स्वरमा बाल गायक सरगम नेपाली र सिमरन नेपालीले साथ दिएका छन्। पूर्वाञ्चल म्युजिकको प्रस्तुति रहेको गीतले कोरा सैद्धान्तिक शिक्षाको सट्टा व्यवहारिक र जीवनोपयोगी शिक्षाको वकालत गरेको छ।

रुद्र श्रेष्ठ रिकर्डीस्ट रहेको गीतको सम्पादन सुशील भट्टराईले गरेका हुन। गीतले स्कुले बालबालिकालाई समेत साङ्गीतिक प्रस्तुतिमा टेवा पुर्‍याउने गीतकार मनि कुमार नेपालीले विश्वास लिएका छन्।

गीतको भिडियो