‘महाभोज’मा मिरुनाको ठाउँमा गौमाया

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१० दिन अगाडि
‘महाभोज’मा मिरुनाको ठाउँमा गौमाया

काठमाडौं - छायांकन तयारीमा रहेको फिल्म ‘महाभोज’मा कलाकारको हेरफेर भएको छ ।

मिरुना मगर बाहिरिएकी छन् । उनको ठाउँमा गौमाया गुरुङको प्रवेश भएको छ । फिल्मको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिएको तस्वीरमा गौमायासहितका कलाकारले अभिनय कार्यशाला लिइरहेको देखिन्छ । निकट स्रोतका अनुसार छायांकन तालिका नमिल्दा मिरुनाले काम नगर्ने निश्चित भएको हो ।

दिनेश राउतले निर्देशन गर्ने फिल्मको छायांकन १ माघदेखि कास्कीको लेखनाथमा सुरु हुँदैछ । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया, खगेन्द्र लामिछाने र मलिका महतको अभिनय हुनेछ । फिल्मको पटकथा विकास सुवेदीले लेखेका हुन् । सोसल ड्रामा फिल्मलाई क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण गर्न लागिएको हो । ‘कबड्डी ४’ बाट फिल्म करिअर थालेकी गौमायाले ‘गुर्खा स् बिनिथ द ब्रेभरी’, ‘फूलबारी’ र ‘महाजात्रा’मा अभिनय गरेकी छन् ।