काठमाडौँ- दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘दुखी आत्मा’को एउटा 'ब्रेकअप कविता' सार्वजनिक गरिएको छ ।
माया, तिमी यसलाई एक घटना सम्झ ।
बिन्ती यसलाई दुर्घटना नसम्झ ।
सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो
उल्लेखित हरफहरुसहित सार्वजनिक कविता अभिनेता दयाहाङकाे आवाजमा सुन्न सकिन्छ । फागुनको २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरू समावेश छन् । जसमध्ये, यसको निर्माण पक्षले पहिलो कविता बिहिबार सार्वजनिक गरेको हाे । जसलाई ‘ब्रेकअप कविता’को रूपमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक भिडियोसहितकाे कवितामा दयाहाङ अभिनेत्री आँचल शर्मालाई मज्जासँग सुनाइरहेका छन् । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् । यसले, फिल्ममा दयाहाङ कतै कविको भूमिकामा त छैनन् भन्ने अनुमान पनि गर्न सकिन्छ ।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई हिमाल कँडरियाले निर्माण गरेका हुन् । सुदिप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
फिल्ममा दयाहाङ र आँचलको अलवा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकाको अभिनय छ ।
कविताको भिडियो