काठमाडौँ - चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा विजय लामालाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उनको क्यारेक्टर नाम भिस्म रहेको छ । उनको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ ।
चलचित्रका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय चलचित्र हो । हाल चलचित्रको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ। चलचित्रको सम्पूर्ण कार्य सकिए पश्चात् मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले बताए ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्री शेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।
चलचित्रका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् भने चलचित्रमा निर्माण नियन्त्रक द्रोण प्रशाद पौडेल ठेउके रहेकाछन् ।
बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन छ ।