थाइल्यान्डको अन्तर्राष्ट्रिय नाट्यमहोत्सवमा नेपालकाे प्रतिनिधित्व गर्दै सद्भाव थिएटरको नाटक अनुत्तर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६०१ दिन अगाडि
थाइल्यान्डको अन्तर्राष्ट्रिय नाट्यमहोत्सवमा नेपालकाे प्रतिनिधित्व गर्दै सद्भाव थिएटरको नाटक अनुत्तर

काठमाडौँ- सद्भाव थिएटरको नाटक अनुत्तर (An Enigma)  थाइल्यान्डको अन्तर्राष्ट्रिय नाट्यमहोत्सवमा सहभागी हुने भएको छ ।  इल्याण्डमा हुने ‘मोराडोक-माई अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट  नाटक ‘अनुत्तर’ले प्रतिनिधित्व गर्ने भएको हो ।

आगामी २३ जनवरी (माघ १० गते) देखि थाइल्यान्डको बैंककमा हुने महोत्सवमा किरण चापागाईँको एकल प्रस्तुति रहेको अनुत्तरले नेपालको प्रतिनिधित्व गर्ने छ ।

उक्त नाट्य महोत्सवको तालिकानुसार थाइल्यान्डको समयानुसार साँझ ७:०० बजे ग्रान्डपा थिएटर हलमा मञ्चन हुनेछ । यस अघि नाटक अनुत्तरको नेपालमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा नियमित मञ्चन भई सकेको छ।

देश, जीवन र भविष्यसँगको मझधारमा ढुल्मुलिएर आफैँ हराएका नागरिक तथा युवा पुस्ताको सग्लो तस्बिरलाई नाटकमा हेर्न सकिन्छ । नाटकलाई 

शीलालक्ष्मी महर्जनले सहनिर्देशन गरेकी हुन् भने ‘अनुत्तर’मा प्रकाश र संगीत संयोजन टीकाभक्त जिरेलले गरेका छन् ।

यो पनि हेर्नुहोस्