काठमाडौँ - फागुनको १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मायावी’को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । गीतमा दीक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराई को शब्द रहेको छ ।
दिवाकर भट्टराईले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक पल शाह, नायिका दीपिका प्रसाईँ, नव–नायक समिम खान, कलाकारहरू प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ ।
गीतले विवाहको बिदाइको पललाई भावुकताका साथ देखाएको छ । माघ महिना विवाहका साइतको महिना भएकाले पनि गीतलाई अझ धेरै सफलता मिल्ने देखिन्छ ।
यस चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईँ, दीपेन्द्र सिम्खडा, सङ्गीता सिलवाल लगायतका कलाकारहरूको पनि अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रूपमा छन् । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो फिल्ममा नेम महर्जनको पनि लगानी छ ।
गीतसंगीत र आक्रामक प्रचारका कारण चर्चामा रहेको मायावीका यसअघि दुई वटा गीत सार्वजनिक भइसकेका छन् ।
भिडियो