रघुजी फिल्म्सद्वारा  'वसन्त पञ्चमी'का अवसरमा नयाँ रियालिटी सो 'कमेडी किड्स' घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८६ दिन अगाडि
रघुजी फिल्म्सद्वारा  'वसन्त पञ्चमी'का अवसरमा नयाँ रियालिटी सो 'कमेडी किड्स' घोषणा

काठमाडौं - 'वसन्त पञ्चमी'को शुभ अवसरमा रघुजी फिल्म सले नयाँ रियालिटी सो 'कमेडी किड्स' को औपचारिक घोषणा गरिएको छ । सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । 

घोषणा कार्यक्रममा  'को भन्दा को कम' स्लोगनसहित रियालिटी सो 'कमेडी किड्स'को लोगो सार्वजनिक गरिएको छ ।

बालबालिकाहरूलाई लक्षित गरी निर्माण गरिने सोमा चार देखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए। फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुला गरिने पनि उनले बताए । सन्तोष खनालले निर्देशन गर्ने शोका जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनरमा ओएसआर कनेक्टसँग सम्झौता भएको छ।

प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।