हरर फ्यामिली ड्रामा ‘ममी’को सेन्सर पास, बालबालिकाका लागि अनिवार्य अभिभावकको साथ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८५ दिन अगाडि
हरर फ्यामिली ड्रामा ‘ममी’को सेन्सर पास, बालबालिकाका लागि अनिवार्य अभिभावकको साथ

काठमाडौँ - आगामी शुक्रवार अर्थात् माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा ‘ममी’को सेन्सर पास भएको छ । 

मङ्गलवार चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट एडल्ट सर्टिफिकेट पाएको हो । अब यो चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकले अनिवार्य रूपमा अभिभावकलाई साथ लिएर हल जानु पर्नेछ ।

सेन्सरमा चलचित्र हेरेका पदाधिकारीबाट सिनेमाले उत्कृष्ट प्रतिक्रिया दिएको निर्मात्री पूर्णिमा जोशीले बताइन् । नेपालमा विरलै निर्माण हुने हरर जनरा त्यसमा पनि समाजमा घट्ने विभिन्न समसामयिक घट्नालाई सूक्ष्म रूपमा उठाएको भन्दै चलचित्रको कथावस्तुको तारिफ गरेको निर्मात्री जोशीको भनाई छ ।

सिनेमामा कार्की, सुलक्षण भारती, दिया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

सिनेमाको छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसै गरी पार्श्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्वन्द्व निर्देशन, रङ्ग संयोजनमा दीपेश चौधरी तथा सङ्गीतकारमा एसडी योगी रहेका छन् ।

सिनेमालाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।