प्रेमकथामा बनेको 'मायावी' को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५७१ दिन अगाडि
प्रेमकथामा बनेको 'मायावी' को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

काठमाडौं - यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'मायावी' को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ। 

दिवाकर भट्टराईको निर्देशन रहेको यो लभस्टोरी फिल्मको ट्रेलर ५ दिनअघि सार्वजनिक गरिएको थियो। सोमबार दिउँसोसम्म ट्रेलरलाई झन्डै १४ लाखपटक हेरिएको छ। प्रेम र वियोग मिश्रित ट्रेलरलाई लिएर आएका प्रतिक्रियाहरू पनि सकारात्मक छन्। ट्रेलर युट्युब ट्रेन्डिङमा 'मुभिज सेक्सन' तर्फ पहिलो नम्बरमा छ।   निर्देशक भट्टराईकै लेखन रहेको फिल्ममा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, नव-कलाकार समिम खान लगायतको अभिनय छ। राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्त फिल्मको निर्माता हुन्। 'मायावी' महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो।