माग्ने बुढाको 'माग्ने राजा' तीजमा रिलिज हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५६७ दिन अगाडि
माग्ने बुढाको 'माग्ने राजा' तीजमा रिलिज हुने

काठमाडौँ -केदार घिमिरे 'माग्ने बुढा' को शीर्ष भूमिका रहने फिल्म 'माग्ने राजा' को प्रदर्शन मिति घोषणा गरिएको छ। उनले सोमबार फेसबुकमार्फत यो फिल्म आगामी हरितालिका तीजमा आउने जानकारी दिएका हुन्।

'आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ' उनले लेखेका छन्। छायांकन सुरू नहुँदै निर्माताले तीजलाई प्रदर्शन मितिको रूपमा घोषणा गरेका हुन्। ऋषि लामिछानेले निर्देशन गर्ने फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, र शिशिर वाङ्देलको अभिनय हुनेछ। दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन्। उनीहरू पछिल्लोपटक 'राम कहानी' मा एकसाथ देखिएका थिए। आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुने फिल्ममा मुनाल घिमिरेको लगानी रहनेछ।