काठमाडौं -दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । सांसदका छोरासहित दुई पहाडे बच्चाको अपहरणपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्ममा छ । फिल्मको शीर्ष भूमिका इन्सपेक्टर पूजाको भूमिकामा आशा मगराती चित्रित छिन् । पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक पनि प्रहरी अफिसरको रोलमा छिन् । विजय बराल र दयाहाङ राई पनि फिचर्ड छन् ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक रौनियारले नेपालका दर्शकमाझ फिल्म ल्याउन लागेकोमा आफूहरू उत्साहित रहेको बताए । मधेशको कथालाई फिल्ममा आफूलाई यो जनरा सहज लागेको बताउँदै निर्देशक रौनियारले नयाँ बजारको खोजी फिल्म निर्माण पछिको उद्देश्य रहेको बताए ।